सिम्ले खोला दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते


सुर्खेत – बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलाका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जना सवार रहेको जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।

गाडी मान्मा–नाग्मतर्फ जाँदै थियो । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको उनले बताए ।

प्रतिक्रिया