गोदावरी र हनुमन्ते खोलामा आकस्मित बाढी आउन सक्ने, सचेत हुन आग्रह


काठमाडौं- देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार गोदावरी र काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भइरहेको छ।

गोदावरी खोला, हुनुमन्तेलगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ। खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले बिहान ९ बजेसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रतिक्रिया