प्रचण्डको भारत भ्रमणप्रति भीम रावलको टिप्पणी : यसैका लागि जनयुद्ध भएको रहेछ


काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे टिप्पणी गरेका छ्न्।
शुक्रबार नयाँ दिल्ली गएका प्रचण्ड आइतबार साँझ स्वेदश फर्किए। स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले भारतमा प्रशस्त मान सम्मान पाएको उल्लेख गरेका थिए।

एमाले नेता रावलले सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यसैमाथि टिप्पणी गरेका छन्। देशले के उपलब्धि पायो भनी मूल्यांक नगरी मान, सेवा, सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र भएको रावलको टिप्पणी छ।

उननले देशको कूटनीति झुकनीतिको आशे र दासे प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन्। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको उल्लेख गर्दै रावलले त्यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्नुपर्ने बताएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड नयाँ दिल्ली पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने भनेका प्रचण्डले अन्तिममा मोदीबाट समय नपाएपछि यत्तिकै फर्किनुपरेको थियो।

उनले जनयुद्धको लक्ष्य यही हो भन्दै प्रश्न पनि गरेका छन्। ‘माओवादी नेता प्रचण्ड र भाजपा बीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे!यही हाे ‘जनयुद्ध’ को लक्ष्य? यस्तै कामकुराले देश कमजोर हुँदैछ।अँझ प्रमं पत्नी आर्जु देउवा राणासंगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकि छ।राष्ट्र हितप्रति खेलवाड र स्वार्थकाे भद्दा रुप’ उनले ट्वीटरमा लेखेका छन्।

 

प्रतिक्रिया