ओलीलाई भेट्न बालकाेट जाँदै चिनियाँ नेता लिउ, निवासमै दिवाभोज


काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओले आज प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

ओलीलाई भेट्न लिउ बिहान १० बजे बालकोटस्तिथ ओली निवास पुग्नेछन् । ओली निवासमा लिउको स्वागतका लागि दिवा भोजको आयोजना गरिएको छ ।

यसअघि लिउले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

उनले भोलि बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यतालिका छ । चार दिने नेपाल भ्रमणका क्रममा लिउ काठमाडौं छन् ।

उनलाई चीनले वामगठबन्धनको प्रयासका लागि काठमाडौं उतारेको चर्चा राजनीतिक वृत्तमा छ । प्रचण्डसँगको भेटमा पनि लिउले वाम गठबन्धनबारे विशेष चासो राखेको बताइएको छ ।

प्रतिक्रिया