मल्लको हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ


काठमाडौं – रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६४ कात्तिक १९ गते काठमाडौं महानगरपालिका-२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न कृष्ण मिजारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेकाे हाे ।

पोखरा महानगरपालिका-१४ मझेरीपाटनका ३६ वर्षीय मिजारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रतिक्रिया