आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट सार्वजनिक


काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्वप्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन् ।

रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए

प्रतिक्रिया