सिन्धुलीमा भएकाे सवारी दुर्घटना एमालेका पाँच नेता घाइते


काठमाडाैं – एमालेका नेताहरू चढेको गाडी सिन्धुलीमा दुर्घटना भएको छ । पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीमगरलगायत एमाले नेता चढेको गाडी दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनालाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा परी शेर्पा, घर्तीमगर, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा घाइते भएका छन् । काठमाडौंबाट प्रदेश १ का लागि छुटेको बा २ च ९००३ नम्बरको गाडी सिन्धुलीमा दुर्घटना भएको हो ।

नेकपा एमालेसम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा सहभागी हुन उनीहरू त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया