नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ बाट दुई जना संक्रमित


काठमाडौं – नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रलयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङमार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको थियो।

प्रयोगशालामा भारतसँग जोडिएका विभिन्न सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएकामध्ये दुई वटामा ‘बीए फाइभ’, अर्को दुई वटामा ‘बीए वान’ र बाँकी २८ वटामा ‘बीए टु’ पुष्टि भएको डा. मिश्राले बताइन्।

प्रतिक्रिया