आजको मौसम पुर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । आज देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

मौसमविल् विभुती पोखरेलका अनुसार आजदिनभर मौसममा आइरहने बदलीका कारण चिसो महसुस हुने छ, उनले भनिन्, “तराईका अधिकांश भू–भागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । धेरै ठाउँमा रहेको हुस्सु र कुहिरो अपरान्हसम्म हटे पनि केही स्थानमा साँझसम्म लागिरहने छ ।”

कुहिरो र हुस्सुका कारण तापक्रममा केही गिरावट आउन सक्ने छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन मौसिमविद् पोखरेलको आग्रह छ ।

उनका अनुसार विहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

प्रदेश १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र प्रदेश १ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया