१ लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ


तनहुँ – आँबुखैरेनी गाउँपालिका-३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा अजिरकोट गाउँपालिका-४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत १३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया