

भट्टराई पक्षले बोलायो विस्तारित बैठक

काठमाडौं – फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ ।
आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने सहभागी हुने छैन ।
पार्टी भित्र अन्र्तसंघर्ष चलिरहेकै बेला अध्यक्ष यादवले सरकारमा रहेका ३ मन्त्री हेरफेर गरेका छन् । सरकारमा रहेका कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अध्यक्ष यादवको उक्त एकलौटी निर्णय डा भट्टराई पक्षले अश्विकार गरेका छन् ।

