महिला साफ च्याम्पियनसिप नेपालमा हुने


काठमाडौं – बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिबारको कांग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

यस्तै यु-१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया