बेसीसहर–चामे सडक पुनःसञ्चालन


लमजुङ – बेसीसहर-बाढीपहिरोले अवरुद्ध बनाएको मनाङ र लमजुङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै बिहीबार साँझ ७ बजेदेखि पुनः सञ्चचालन भएको डुम्रे बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए।

यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको उनको भनाइ छ।

सडक माथिबाट ठूला ढुंगामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो। मर्स्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुंगामाटोसहितको पहिरोले सडक अवरुद्ध बनाएको थियो। सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध भए पनि सहज रुपमा पहिरो हटाइएको थियो।

प्रतिक्रिया