चितवन राष्ट्रिय निकुञ्जमा मानिसको ज्यान लिने ६ बाघ समातिए, ४ वटा छाडिए


चितवन – राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमाबाट विभिन्न घटनामा मानिसको ज्यान लिने ६ वटा बाघलाई निकुञ्जले चालु आर्थिक बर्षमा नियन्त्रणमा लिएकाे मध्ये चार वटा बाघलाई निकुञ्जले आनीबानीमा सुधार देखिएको भन्दैं छाडेकाे छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अब निकुञ्जको सौराहास्थित पूर्वी सेक्टर र निकुञ्जको मुख्यालय कसराको खोरमा गरेर तीनवटा मात्रै बाघ छन् । निकुञ्जले समातेर खोरमा थुनेको एक बाघको मृत्यु भएको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जसँग चार बटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । खोरको अभाव हुन देखेपछि निकुञ्जले आनीवानी सुधार भएका भन्दैं मानिस माथि आक्रमण गर्ने बाघलाई पनि छाड्ने गरेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मात्रैं १६ जना मारिएका छन् । अधिकांश घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका छन् । अघिल्लो बर्षको तुलनामा यसबर्ष बाघले १० जना बढीलाई आक्रमण गरेर मार्‍यो भने, अन्य केहीलाई घाइते बनायो । पूर्वी चितवनको खैरहनी र राप्ती, पश्चिम चितवनको देवनगर, जगतपुर र मेघौलीमा बढि मात्रामा बाघले आक्रमण गरेकाे पाइएकाे छ ।

 

प्रतिक्रिया