

भोकमारी हटाउन खाद्यअधिकार तथा कृषि रणनीतिक योजना

खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न पातारासी गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा खाद्य अधिकार तथा कृषि रणनीतिक याेजना निर्माण गर्न थालिएको विश्व खाद्य कार्यक्रमका कर्णाली प्रदेश संयोजक भानु लिम्बूले बताए । पातारासीमा खाद्य अधिकार तथा कृषि रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न छलफल सुरु भएको छ ।
नेपाल सरकारको खाद्य अधिकार तथा कृषि रणनीतिको योजनाको कार्यान्वयन, यसको मुल्याङ्कन तथा अनुगमनसम्बन्धी पातारासीका निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच तीन दिने गोष्ठी गरिएको हो । संयोजक लिम्बूले भने, ‘कर्णाली प्रदेश कृषि मन्त्रालयको आर्थिक सहयोग, पातारासी गाउँपालिकाको कृषि शाखाको आयोजना र विश्वखाद्य कार्यक्रमको समन्वयमा यस्ता कार्यक्रम गरिएको हो ।’
खाद्य अधिकार तथा कृषि रणनीतिक योजना बनाउन पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा कार्यदल गठन भएको छ

