

नक्कली घुमुवा प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ

चन्द्रनिगाहपुर – नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै ठग्ने एक जनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
चन्द्रनिगाहपुरको सम्झना होटल तथा तिवारी होटलमा बसेर घुमुवा प्रहरी हु भन्दै हिडने चन्द्रपुर नगरपालिका वाड नं. ९ सिन्धुरेघारीका सुमन बस्नेतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सोमबार चन्द्रनिगाहपुरको तिवारी होटलमा घुमुवा प्रहरी भन्दै नागरिकलाई धम्काइरहेको खबर आएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन् ।
बस्नेतको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । उनलाई मंगलबार अभद्र व्यावहार शिर्षकमा मुद्दा दर्ता गरी ६ दिन अनुसन्धानको लागी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

