घाँटी थिचेर आफनै श्रीमतीको हत्या गर्ने कवारी पक्राउ


रौतहट – रौतहट प्रहरीले आफनै श्रीमतीको घाँटी थिचेर हत्या गरेर फरार रहेका एक जनालाइ चार महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

गत चैत १० गते राति रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ डुमरिया स्थित मुस्लिम टोलका खर्सैद रायन भन्ने औसयद महमद कवारीलाइ श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।

कवारीले आफनो २१ बर्षिया श्रीमती तराना खातुनको घाँटी थिचेर हत्या गरेपछि सलको पासो लगाएर पंखामा झुण्डयाएर फरार भएका थिए ।महिलाको शव चन्द्रपुर अस्पतालमा पोष्टमार्टम गरेपछि पासो लगाएर नभई घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

सोही समय देखि फरार रहेका कवारीलाई रौतहट प्रहरीले असार ६ गते पक्राउ गरेर रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया