

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा खोल्ने भएका छन् ।
गौतमले आज पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा लागेका हुन् । आज (मंगलबार) दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् ।
प्रचार विभाग प्रमुख पाण्डेका अनुसार पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने भएको छ ।
तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।
यी हुन् केन्द्रीय सदस्यहरू

