
हैजाविरुद्ध ललितपुर महानगरको कडा नियम, महानगरभित्र पानीपुरी र चटपटे बेच्न रोक
ललितपुर – पछिल्लो समय राजधानीमा हैजाको संक्रमण देखिँदै गएपछि ललितपुर महानगरपालिकाले कडा नियम जारी गर्न लागेको छ । राजधानीमा पछिल्ला दिनमा पानी पुरीमा हैजाको किटाणु रहेको पुष्टी भएपछि ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो ।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।
ललितपुर नगर प्रहरीले महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानी पुरी नबेच्न अनुरोध गरेकोछ । यदि कसैले महानगरको निर्देशन उल्लंघन गरेमा सोमबारदेखि कारबाही गरिने पनि जनाइएको छ ।
पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको जनाइएको छ ।
यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताए।
यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।



कागजपत्र |
