एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी, मन्त्री झाँक्री अनुपस्थित


काठमाडौं – मन्त्री परिवर्तनको विषयमा पार्टीभित्र विवाद चलिरहेको समयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य अजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको विषयमा भइरहेको विवादको विषयमा पनि छलफल हुने बताइएको छ ।

साढे ११ बजे पार्टी कार्यालयमा भएको बैठकमा मन्त्रीहरू खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेको एक सदस्यले बताए । एकीकृत समाजवादीमा ७१ सदस्यीय रहेको छ । बैठकको सुरुमा अध्यक्ष नेपालले अजेन्डा प्रस्तुत गरे पनि मन्त्री परिवर्तनको विषयमा भएको विवादको बारेमा केही पनि बोलेनन् ।

एकीकृत समाजवादीभित्र मन्त्री परिवर्तनसहितको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न चार मन्त्रीसहित १० जना सांसदहरूले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिक्रिया