न्यायलय भ्रष्टाचारको अखडा बनेको सांसद महतको भनाई


 

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको विहीबारको बैठकमा बोल्दै सांसद महतले न्यायलयको बेथितिको बारेमा आवाज उठाउने बेला आएको भन्दै भ्रष्टाचारको अखडाको रुपमा न्यायलय देखिएको बताए ।

‘न्यायलयमा जुन जात्रा चलिराखेको छ । अब हामी बन्दक भएर बस्नुहुँदैन । अब पनि न्यायालयको बारेमा आवाज उठाउन सकेनौँ र विचाराधीन मुद्दाबारे बहस गर्न सकेनौँ भने फेरि हामी पनि बन्धक हुन्छौँ,’ महतले भने ।

उनले न्यायलय भित्रको घुसकाण्डको अडियोप्रति लक्षित गर्दै जनताका प्रतिनिधिले न्यायालयको जात्रा टुलुटुलु हेरेर बस्न नसकिने बताए ।

प्रतिक्रिया