


सरकारद्वारा एसपीपी अस्वीकार, अमेरिकालाई पत्र लेखेर जानकारी गराउने

काठमाडौं – विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई सरकारले अस्वीकार गर्ने भएकाे छ । मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे र। यसकाे लागि सरकारले अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ ।
एसपीपी सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद विगत केही दिनदेखि चर्काचर्की चलिरहेकाे थियो । पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले एसपीपीकाे लागि पत्र लेखेको थियो ।
तत्कालीन समयमा एसपीपी इन्डो प्यासिफिक सैन्य रणनीतिमा अन्तर्गत नभएपनि पछि यसलाई इन्डो प्यासिफिक रणनीतिमा समावेश गरिएकाे थियाे । यही कारण नेपालमा याे विवादित बन्न पुगेकाे थियाे ।

