४० ट्याक्सी ड्राइभर कारबाहीमा


काठमाडौं – ट्राफिक प्रहरीले उपत्यकामा ४० ट्याक्सी चालकलाई कारबाही गरेको छ। यात्रुकाे विभिन्न गुनासाे आधारमा गरिएकाे चेक जाँचबाट उनीहरुलाई कारबाही गरिएकाे हाे ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ४० जना ट्याक्सी चालकलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकामा दैनिक सयौँ यात्रु ट्याक्सीबाट ठगिने गरेका छन्।

प्रतिक्रिया