

देश विकासको नीति एमालेसँग मात्रै छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका नीति एमालेले तय गर्ने तर अन्य दलहरूले त्यसलाई तोडमडोर गर्ने गरेको दाबी गरेका छन् ।
स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले एमाले बाहेक अन्य दलहरुसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गरे । ‘अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ?’ ओलीले प्रश्न गरे ।
विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टिका टिप्पणी गर्ने गरेको उनको आरोप थियो ।
उनले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोडर गरेर विकृत पार्ने गरेको बताए । ‘एमाले बाहेक अन्य कुनै पनि पार्टीसँग नीति छैन । सोच छैन, राष्ट्र निर्माणको सोच के त ?’ ओलीले भने ।

