भारतको पश्चिम बंगालमा रेलको ठक्करले ३० वर्षीय नेपाली युवाको मृत्यु


काठमाडौँ- भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ। झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो। उनी रेलको लिग आसपास के गरिरहेका थिए र ठक्कर दियो भन्ने खुलेको छैन।

घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया