
साझा यातायातले माग्यो कर्मचारी
काठमाडौं- साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।
इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको हो ।
२१ दिनभित्र अर्थात असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ ।



कागजपत्र |
