प्रतिनिधिसभा विघटको विरोधमा आज नागरिक सभा गर्दै, कृष्ण पहाडी लगायतले संबोधन गर्ने


काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक अगुवाहरूले आज (मंगलबार) नागरिक सभा गर्दैछन् ।

प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ ठहर गर्दै उनीहरुले त्यसको विरोधमा प्रज्ञा प्रतिष्ठानको डबलीबाट ‘नागरिक सभा’ मार्फत विरोध गर्ने भएका हुन् ।

सभालाई नागरिक नागरिक अगुवा कृष्ण पहाडीसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तारविरोधी अभियन्ता विद्या श्रेष्ठ, मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आन्दोलनमा नागरिक अगुवाका साथै लेखक, सञ्चारकर्मी, अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायतको सहभागिता हुने र सबैलाई समेटेर अघि बढ्ने तयारी गरिएको आयोजकले बताएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

YUG PATHAK (@YugPathak) | Twitter

प्रतिक्रिया