

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
स्थानीय निर्वाचनको समीक्षा गर्ने एजेन्डासहित दिउँसो साढे १ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरू भएको हो।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू उपस्थित छन्। गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डामाथि छलफल गर्न सचिवालय बैठक बसेको हो।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालयका लागि चुनाव समीक्षालगायत एजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो।
जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा सचिवालय बैठकमा छलफल भइरहेको छ।

