प्रदेश सभामा पराजित पौडेल संघीय संसदमा उम्मेदवार हुने


काठमाडौं – नेपाली काग्रेसका नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेल आगामी संघीय संसदको निर्वाचनमा तनहुँ क्षेत्र नम्वर २ बाट उम्मेदवार हुने बताएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेलले शुक्रबार अनलाईन न्युज सेभेनसँग कुरा गर्दै आफ्नो योगदान र जनसम्पर्कको आधारमा तनहुँ क्षेत्र नम्वर २ बाट प्रतिष्पर्धामा पार्टीको तर्फबाट उम्मेदवार हुने बताएका हुन् ।

करिव पाँच वर्षअघि भएको प्रदेश सभा सदस्यको निर्वाचनमा तनहुँको क्षेत्र नम्वर २ ‘क’ बाट उम्मेदवार हुँदा नेकपा माओबादी केन्द्रकी आशा कोइरालासँग ५ मतान्तरले पराजित भएका पौडेलले एक पटक पराजित भए पछि सोही ठाउँमा पुन उम्मेदवार नबन्ने बताए ।

‘मेरो चाहना तनहुँ क्षेत्र नम्वर २ बाट संघीय संसद सदस्यको लागि प्रतिपष्र्धा गर्ने नै हो,’ नेता पौडेलले भने, ‘तर पार्टीले संघीय संसदमा टिकट दिएन भने प्रदेशसभा सदस्यमा पुनः प्रतिष्पर्धा गर्दिन ।’

२०७४ मंसिरमा भएको निर्वाचनमा नेता पौडेलल तनहुँ क्षेत्र नम्वर २ को ‘क’ बाट उम्मेदवार हुँदा १६ हजार छ सय ४१ मत ल्याएर माओबादी केन्द्रकी आशा कोइरालासँग ६ मतले पराजित भएका थिए । कोइरालाले भधने १६ हजार छ सय ४६ मत ल्याएर विजयी भएकी थिइन् ।

दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको तनहुँमा यसअघि क्षेत्र नम्वर १ बाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालिन एमाले कृष्ण बहादुर श्रेष्ठ ‘किशान’सँग पराजित भएका थिए भने क्षेत्र नम्वर २ बाट केन्द्रीय सदस्य शंकर भण्डारी उम्मेदवार भएर एमालेका केदार प्रसाद सिग्देलसँग पराजित भएका थिए ।

पार्टीको गत मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको संस्थापन पक्षबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका पौडेल युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

पार्टीले स्थानीय तह निर्वाचनको बेला गठन गरेको निर्वाचन अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण समितिका संयोजक रहेका पौडेलले विगतमा पार्टीको क्रियाशिल सदस्यता बिबाद समाधान समिति, विधान मस्यौदा समिति र नियमावली मस्यौदा समिति लगायतका दर्जनौं समितिमा बसेर काम गरिरहेका छन् ।

 

प्रतिक्रिया