

अवैध हातहतियार बरामद

ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई एक थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई राखेको एक नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
झाडीमा लुकाई राखेको बन्दुक इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो ।

