थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमित निको


काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ६५५ जनाको पिसिआर र १ हजार ९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२ जना सक्रिय संक्रमित छन्।

९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया