जिल्ला समन्वय समिति दाङको प्रमुखमा नित्यानन्द र उपप्रमुखमा चेतना निर्विरोध


घोराही – जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्य तालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको समय रहेको थियो ।

तर तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन ।

प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्मा निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन आयोगले भने आधिकारिक रूपमा घोषणा गरेको छैन ।

स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका–७ वडा नम्बरबाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरी निर्विरोध निर्वाचित भएका हुन । नित्यानन्द यसअघि कांग्रेसकै महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए । २०७४ मा उप प्रमुखमा हारेका उनी यसपालि कांग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित

सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य) र नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र दुर्पती चौधरी (खुला सदस्य) मा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया