
आदर्श लघुवित्तको आईपीओ असार १ मा आउँदै
काठमाडौँ- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपी) निष्काशन गर्ने भएको छ। संस्थाले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता आईपीओको बिक्री खुला गर्न लागेको हो।
आदर्शले सर्वसाधारणका लागि ६२ हजार ६१५ कित्ता शेयर बिक्री गर्ने छ। यस्तै एक हजार ३५ कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशतले हुने तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइने जनाएको छ।
सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने संस्थाले जनाएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।



कागजपत्र |
