असार १ गतेदेखि आइतवारको बिदा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडाैं – सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

उनले भने, ‘परीक्षणको रूपमा मात्रै दुई दिनको बिदा लागू गरेका थियौँ तर हाम्रै सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र सञ्चार माध्यमलगायतको सुझावका आधारमा आइतवारको बिदा खारेजीको निर्णय भएको हो’।

प्रतिक्रिया