

तेश्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय खुल्ल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा

पोखरा – आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा हुने निश्चित भएको संघले आइतबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । प्रतियोगिता मूला आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेबमोजिम पोखरामा प्रतियोगिताको सबै तयारी पुरा भएको बताए ।
विश्वका ५० भन्दा बढी देशका एक हजार पाँच सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
आयोजनाको स्रोत व्यवस्थापन संघ÷प्रदेश सरकार लगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति। खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्र सेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायी समेतको संलग्नतामा ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको ७२ खेल खेलाइने भएकोले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् । नेपालको परिवेसमा सबैभन्दा बढी पदक जित्न सफल तेक्वान्दो खेलको यो प्रतियोगिताले भविश्यमा भविश्यमा दीपक बिष्ट, संगीना बैद्य, सपना मल्ल जस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजकहरुले दाबी गरेका छन् ।

