

टेकुकाे कनक पेट्रोल पम्पमा विस्फाेट, २ जना घाइते

काठमाडाैं – टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाडाैंकाे कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फाेट भएको प्रहरीको भनाइ छ ।

