१ करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ
उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो ।
उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो । पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।