श्रीलङ्का आर्थिक सङ्कट : कोरोना सुरक्षा कोषबाट आवश्यक औषधि किन्ने


कोलम्बो – श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड-१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिएका छन् ।

आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिएका हुन् ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट सङ्कलन गरिएको कोभिड–१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित छ लाख अमेरिकी डलर प्रचलनमा ल्याई आर्थिक सङ्कटका कारण औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

दक्षिण एसियाली मुलुकमा यो महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उनले बताए ।

श्रीलङ्का विदेशी मुद्रा अभावका कारण स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा रहेको छ । यहाँ आर्थिक सङ्कटका कारण औषधि, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ ।

प्रतिक्रिया