थप १५ जनामा काेराेना पुष्टि, ९८ जना सक्रिय संक्रमित


काठमाडाैं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ११ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

हिजो र आज प्राप्त विवरणअनुसार तीन लाख तीन हजार सात सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया