

भ्रष्टचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्छन् : कमल थापा

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा भ्रष्टचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।
बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भ्रष्टाचार गर्नेले नै भ्रष्टाचारको विरोध गर्ने प्रवृत्तिले गर्दा भ्रष्टाचारी चिन्न गाह्रो भएको बताएका हुन्।
नेपालको राजनीति भ्रष्टाचारको जालोमा फसेको बताए। नेपालमा घुसबिना कुनै पनि काम गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै उनले घुस लिनु कानुनसम्मत जस्तै भइसकेको टिप्पणी गरे।
अर्थ व्यवस्थाको चुनौतीले देशमा युवा बेरोजगार बढेको भन्दै उनले देशमा धेरै विलासी वस्तुको प्रयोगले व्यापार घाटा वार्षिक १२ खर्ब पुगेको थापाले जिकिर गरे।

