मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ


झापा – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।

दमक नगरपालिका-६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका-४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका-६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१-०१-०१५ प ८६९० नम्बर, प्र.१-०१-०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।

उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया