खोजीमा मौसम बाधक, खराब मौसमका कारण हेलिकोप्टर उड्न सकेन


पोखरा – तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ ।

पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ।

मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।

आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो ।

प्रतिक्रिया