

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखरा – पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
(थप विवरण आउन बाँकी)

