बालेनको सपथग्रहण भोली


काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेनं), उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् ।

सोमबार बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सबैको शपथग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया