थप ५ जनामा काेराेना पुष्टि, १२८ जना सक्रिय संक्रमित


काठमाडाैं – देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय १७ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । थप नौ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालका कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २८ जनामा झरेको छ ।

यही अवधिमा ४७ हजार सात सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया