
भरतपुरमा ११ हजारभन्दा बढी मतान्तरले रेनु अघि
चितवन – भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन्। १ लाख १६ हजार ६६६ मतगणना हुँदा दाहालले ११ हजारभन्दा बढी मतले अग्रता लिएकी हुन्।
उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्। त्यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २ सय ६३ मत ल्याएका छन्।



कागजपत्र |
