सुन्दरबजार नगरको पहिलो निर्णय, निःशुल्क शव वाहनको व्यवस्था गर्ने


लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकामा निःशुल्क शव वाहनको व्यवस्था गर्ने निर्णय भएकाे छ । पदभार ग्रहण गर्दै नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने बताए ।

अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने बताए ।

उनले भने जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ । नगरवासीको आवश्यकतालाई मध्यनजर गदै नगरवसलाई शवबाहनको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया