भ्रमण गएर फर्किँदै गरेकाे बस दुर्घटना, ३० जना घाइते


पूर्वी नवलपरासी – पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्नेमा शनिबार बस पल्टिँदा ३० यात्रु घाइते भएका छ्न् ।

गोरखाबाट लुम्बिनी पुगेर फकिँर्दै गरेको आमा समूहका सदस्यहरू चढेको बस पल्टिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूबारे विस्तृतमा जानकारी आइसकेको छैन ।

घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुको चिसापानीस्थित अस्पतालमा उपचार गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया