भरतपुरमा रेणु दाहालको अग्रता पाँच हजारभन्दा धेरै


चितवन- भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन्। उनले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।
गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा (एमाले)ले वडा नम्बर–३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ एवं नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर–१३ मा विजय हासिल गरेको छ ।

प्रतिक्रिया