धनगढी उपमहानगरपालिका : स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का


काठमाडौँ- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ। कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो।

अहिलेसम्मको मतगणना परिमाणअनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार ३८४ मत प्राप्त गरिसकेका छन्। त्यही, कांग्रेसका वडको मत ११ हजार ७४० छ भने एमालेका उम्मेदवार रणबहादुर चन्दको ६ हजार ६८९ रहेको छ।

हमालले ११ हजार ५९४ मतले अग्रता लिइरहेका छन् । १९ वडा रहेको उपमहानगरपालिकामा ६३ हजार ७१५ मत खसेको थियो।

अब गन्न बाँकी मत १० हजार ६६४ मात्रै रहेको अवस्थामा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित भएको हो। २०७४ को निर्वाचनमा हमाल कांग्रेसका वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए।

प्रतिक्रिया